Section 23
पदबाट हटाउन सक्ने
: (१) पदाधिकारी वा सभाका सदस्यले यस ऐनको उद्देश्य बमोजिम काम नगरेको वा आफ्नो पद अनुकूलको आचरण नगरेको वा इमान्दारीपूर्वक कार्य नगरेको वा निजमा कार्यक्षमताको अभाव भएको कारण देखाई सभाका तत्काल कायम रहेका कम्तीमा एक चौथाई सदस्यले प्रधानमन्त्री समक्ष लिखित निवेदन दिएमा प्रधानमन्त्रीबाट सभाका सदस्यहरुमध्येबाट एक छानबिन समिति गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको छानबिन समितिले सो सम्बन्धमा छानबिन गरी आफ्नो प्रतिवेदन कुलपति समक्ष पेश गर्नेछ र प्रधानमन्त्रीले त्यस्तो प्रतिवेदन छलफलका लागि सभा समक्ष राख्ने व्यवस्था गर्नेछ ।
(३) उपदफा (२) बमोजिम पेश भएको प्रतिवेदनका सम्बन्धमा सभामा छलफल हुँदा सभाको बहुमत सदस्यले पदाधिकारी वा सभाका सदस्यले यस ऐनको उद्देश्य बमोजिम काम नगरेको वा आफ्नो पद अनुकूलको आचरण नगरेको वा इमान्दारीपूर्वक काम नगरेको वा निजमा कार्यक्षमताको अभाव भएको भनी निर्णय गरेमा प्रधानमन्त्रीले त्यस्तो पदाधिकारी वा सभाका सदस्यलाई निजको पदबाट हटाउनेछ ।
(४) उपदफा (३) बमोजिम पदाधिकारी वा सभाका सदस्यलाई पदबाट हटाउनुअघि सफाईको मौका दिनु पर्नेछ ।